शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रवि लामिछानेमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ८, २०८३
  • 123
    SHARES

काठमाडौँ- रास्वपाका सभापति रवि लामिछानेमाथिको कास्की जिल्ला अदालतमा रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा खारेज भएको छ ।

 

 

कास्की जिल्ला अदालतले रास्वपा सभापति लामिछानेसहित जिबी राई र छविलाल जोशी विरुद्धको सहकारी ठगीसँग सम्बन्धित मुद्दाका प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा खारेज गरेको हो ।

न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहने गरी संशोधन गरिदिएको हो ।

आदेशमा सहकारीको बचत डुबेका जाहेरवालाको समेत माग निजहरुविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मागदावी नरहेको र संशोधनपछि पनि जाहेरवालाको मागबमोजिमको सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने देखिएकोले मुद्दा संशोधन गरिदिएको उल्लेख छ ।

मुद्दा संशोधन नहुँदा र प्रतिवादीविरुद्धको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको मुद्दा कायमै रहँदा मिलापत्र हुने तथा बिगो रकम सहज रुपमा पाउने प्रक्रिया थप जटिल बन्नजाने अदालतको आदेशमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)