शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतद्वारा नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १२, २०८३
  • 68
    SHARES

वीरगन्ज –  भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ ।

 

 

भारतका वीरगन्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले मङ्गलवार वीरगन्जमा आयोजित कार्यक्रममा ती ट्रक पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

उपहारस्वरूप प्रदान गरिएका ती ट्रकहरूले नेपालको सुरक्षा निकाय तथा कानुन कार्यान्वयन गर्ने निकायहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने भारतीय पक्षले जनाएको छ ।

 

यसअघि पनि भारत सरकारले नेपाललाई विभिन्न प्रकारका सवारीसाधन उपलब्ध गराउँदै आएको छ । सन् २०२६ मार्च ५ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सञ्चालनका लागि नेपाल सरकारको अनुरोधमा भारतले करिब ६४० वटा सवारीसाधन; एसयूभी, पिक अप र ट्रक उपलब्ध गराएको थियो ।

त्यसै गरी विगतका वर्षहरूमा भारतले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालगायत सुरक्षा निकायहरूलाई २ हजारभन्दा बढी सवारीसाधन हस्तान्तरण गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)