शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चाडपर्वले आपसी सहिष्णुता र सद्भावको परम्परा कायम भइरहेको छ : सभापति थापा


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १४, २०८३
  • 104
    SHARES

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चाडपर्वहरूले समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम भइरहेको बताउनुभएको छ ।

बकर इद (ईद–उल–अज्हा) का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको र यहाँ रहेका चाडपर्वले समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम रहँदै आएको बताउनुभएको हो ।

“बकर इद पर्व नेपालीहरूबीच आपसी प्रेम, सद्भाव, सहकार्य र सामाजिक एकताको भावना अभिवृद्धि गर्दै सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु”, सभापति थापाले शुभकामना सन्देशमा उल्लेख गर्नुुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)