शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको अभिव्यक्ति अपरिपक्व : अध्यक्ष यादव


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १८, २०८३
  • 113
    SHARES

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादववले प्रधानमन्त्रीको संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

आइतबार प्रतिनिधिसभामा सम्माननीय प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यादवले उक्त भनाइ गलत, त्रुटिपूर्ण र अपरिपक्व भएको बताएका हुन्।

 

यादवले नेपालले भारतको सीमा नमिचेको दाबी गर्दै यस विषयमा भारतले समेत कहिल्यै त्यस्तो दाबी नगरेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित अनुकूल नरहेको पनि बताएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “आइतबार सम्माननीय प्रधानमन्त्रीले प्रतिनिधिसभामा ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी दिएको विवादास्पद अभिव्यक्ति गलत, त्रुटिपूर्ण र अपरिपक्व छ। नेपालले भारतको सीमा मिचेको छैन। भारतले पनि यस विषयमा कहिल्यै केही बोलेको छैन। प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हित अनुकूल छैन।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)