शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १९, २०८३
  • 132
    SHARES

काठमाडाैँ –  भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ ।

उहाँहरूबीच भएको छलफल भारत–नेपाल विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूमा केन्द्रित रहेको र यी सम्बन्धहरूले विकास र समृद्धिलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

 

नयाँ दिल्लीमा आज रास्वपाका सभापति लामिछाने तथा उहाँको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको भारतका विदेशमन्त्री जयशङ्करले सामाजिक सञ्जालमार्र्फत उल्लेख गर्नुभएको छ ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेको हो । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)