बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा काँग्रेस सभापति थापा सहभागी हुने


  • माउन्टेन खबर
  • आइतवार, असार ७, २०८३
  • 101
    SHARES

काठमाडौं –  नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने भएका छन्।

कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले दिएको जानकारीअनुसार सभापति थापा रास्वपाको महाधिवेशनका लागि चितवन जाने कार्यक्रम तय भएको छ।

यसअघि कांग्रेसले महाधिवेशनमा पार्टीको प्रतिनिधित्व गर्न उपसभापति पुष्पा भुसाल लाई पठाउने निर्णय गरेको थियो। तर, आइतबार बिहान भएको आन्तरिक छलफलपछि सभापति थापा स्वयं उद्घाटन समारोहमा सहभागी हुने निष्कर्षमा पुगेका हुन्।

रास्वपाको पहिलो महाधिवेशन चितवनमा आयोजना भइरहेको छ, जहाँ विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)