शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्य बनाउने गरी सूचना प्रविधिको विकास गर्नुपर्ने ः सञ्चारमन्त्री पार्वत गुरुङ


  • माउन्टेन खबर
  • आइतवार, मंसिर २१, २०७७
  • 589
    SHARES

काठमाडाँ । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले पर्यटन क्षेत्रलाई मुुलुुकको आर्कषक गन्तव्य बनाउने गरी सूचना प्रविधिको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी सूचना प्रविधिको विकास गर्ने बताउनु भएको हो ।

पाकिस्तानस्थित विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटूू हिमाल आरोहण गर्न लागेका दोलखा बेदिङका हिम आरोहीहरु मिङ्मा ग्याल्जेन शेर्पा, दावा ग्याल्जेन शेर्पा र किली पेम्वा शेर्पालाई नेपालको राष्ट्रिय झण्डाका साथ विदाई गर्न शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथालगायतको आरोहण गरेर हिमाल आरोहीहरुले नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि स्मरण गराउनु भयो ।

उहाँले दोलखाको रोल्वालिङ हिमाल आरोहरणको क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान कायम राख्नेहरुको जन्मथलो भएकाले सो ठाउँलाई स्मार्ट पर्यटकीय गन्तव्य बनाउन आफूूले सक्दो पहल गर्ने बताउनु भयो ।

आरोहण दलका सदस्यहरुलाई मन्त्री गुरुङले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको आर्थिक सहायता प्रदान गर्नु भएको थियो भने गौरीशंकर गाउँपालिकाले २ लाख सहायता उपलब्ध गराएको थियो । दोलखाको गौंरीशंकर गाउँपालिकास्थित बेदिङ गाउँमा मात्रै ६५ जना भन्दा बढिले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरि सक्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)