काठमाडौं – सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ । पछिल्लो क्याविनेटले उनलाई नियुक्तिको निर्णय गरेको हो । तर, प्रवक्ता सस्मित पोखरेलले निर्णय सुनाउँदा भने यो नियुक्ति सार्वजनिक गरेका थिएनन् ।
केहीबेरमा सञ्चार मन्त्रालयमा उनको शपथ गराउन लागिएको मन्त्रालय स्रोतले बतायो ।
यसअघि उनी प्राधिकरणमै आर्थिक विश्लेषण तथा उपभोक्ता हित संरक्षण महाशाखामा प्रमुखको भूमिका थिए । अध्यादेशमार्फत प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी पदमुक्त भएपछि सरकारले घिमिरेलाई अध्यक्ष नियुक्त गरेको हो ।
