बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतको सहयोगमा सोलुखुम्बुमा गुम्बा निर्माण सुरु


  • माउन्टेन खबर
  • बुधबार, असार ३१, २०८३
  • 77
    SHARES

काठमाडौँ – भारतको सहयोगमा सोलुखुम्बुमा गुम्बा निर्माण सुरु गरिएको छ । जिल्लाको लिखु पिके गाउँपालिकामा निर्माण सुरु गरिएको ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको शिलान्यास गरिएको हो।

 

गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा गुम्बा भवनको शिलान्यास गरे।

 

भारत सरकारको करिब ३ करोड ३० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त गुम्बा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुनेछ।

 

परियोजना लिखु पिके गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ। यो सोलुखुम्बु जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालन हुने छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

 

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ गुम्बा भवनले स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

नेपाल र भारतबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउँदै यस्ता उच्च प्रभाव सामुदायिक विकास परियोजनाले स्थानीय पूर्वाधार निर्माण, सांस्कृतिक संरक्षण तथा समग्र विकास र समृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)