मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन


  • माउन्टेन खबर
  • सोमवार, साउन ११, २०८३
  • 51
    SHARES

काठमाडौं –  सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा समिति गठन गरिएको हो ।

सरकारले समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी एक साताभित्र प्रतिवेदन बुझाउन समय दिएको छ ।

यसैबीच, सुनसरी घटनालाई लिएर आज साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठकसमेत बोलाइएको छ ।

देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच उत्पन्न विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

घटनापछि गृहमन्त्री सुधन गुरुङले मन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको थियो । छलफलमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।

सोही छलफलपछि घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)