सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सभापति थापाद्वारा संयम अपनाउन अपिल


  • माउन्टेन खबर
  • सोमवार, साउन ११, २०८३
  • 46
    SHARES

काठमाडौं-   नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारसँग माग गरेका छन्।

सोमबार जारी प्रेस विज्ञप्तिमा थापाले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

थापाले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने प्रश्न उठाउँदै सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ संयमित, सतर्क र जिम्मेवार हुनुपर्ने बताएका छन्। उनले समयमै उचित समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउन नसक्दा यस्तो दुःखद अवस्था सिर्जना भएको उल्लेख गरेका छन्।

उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै घाइतेहरूको उपचार र मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरेका छन्।

सभापति थापाले प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम राख्न जिम्मेवार ढंगले परिस्थिति व्यवस्थापन गर्न आग्रह गर्दै कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न सबै स्थानीयवासी, नागरिक समाज, सामुदायिक संस्था तथा राजनीतिक दललाई अपिल गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)