काठमाडौँ – नेपाली बजारमा मंगलबार सुन-चाँदीको भाउमा भारी गिरावट आएको छ ।
सोमबारको तुलनामा सुनको भाउ तोलामा चार हजार तीन सय र चाँदीको एक सय ३५ रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि सोमबार सुनको भाउ प्रतितोला दुई लाख ८८ हजार पाँच सय रुपैयाँ रहेको थियो ।
यसअघि सोमबार प्रतितोला चार हजार चार सय ४५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार घटेर चार हजार तीन सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
