आइतवार, अशोज ४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

परम्परागत तीजको गीत ‘नाच्ने आजै हो’ सार्वजनिक


  • नेत्रबन्धु पोख्रेल
  • बुधबार, साउन १३, २०८३
  • 116
    SHARES

काठमाडौं ! हरितालिका तीजको अवसर पारेर एक विशेष समारोहबीच तीजको मौलिक गीत ‘नाच्ने आजै हो’ सार्वजनिक गरिएको छ । उक्त कार्यक्रममा डा. ध्रुबराज भट्टराईको सभापतित्व तथा संस्कृतिविद् प्रोफेसर डा. वीणा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने वरिष्ठ पत्रकार तथा समालोचक पुरुषोत्तम दाहाल, नेपाल प्रज्ञा–प्रतिष्ठानकी सह-सचिव सन्ध्या पहारी, चलचित्र निर्देशक राजेन्द्र केसी, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमलगायत साहित्य, कला, सञ्चार र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त कार्यक्रमको सञ्चालन डा. विदुर वस्तीले गरेका थिए भने स्वागत मन्तव्य गीतकार नेत्रबन्धु पोख्रेलले राखेका थिए। चर्चित गायिका मनमाया वाइबाको स्वर रहेको यस गीतका शब्द नेत्रबन्धु पोख्रेलले लेखेका हुन् भने संगीत शेष नारायण पोख्रेलले सिर्जना गरेका छन्। गीतको एरेञ्ज तथा मिक्सिङ हेमराज डाँगीले गरेका छन् भने सामूहिक गायनमा कमला पोख्रेल र संगी अधिकारी पोख्रेलको साथ रहेको छ।

विगतका पुस्ताले मनाउँदै आएको तीजको मौलिक परम्परा, संस्कृति, भेषभूषा, नाचगान र सामाजिक सद्भावलाई जीवन्त रूपमा प्रस्तुत गर्न निर्देशक सुरज खनाल पूर्ण सफल भएका छन् ।  नवीन पौडेलको कोरियोग्राफी, सागर खड्काको छायांकन र विनोद बमको सम्पादन रहेको उक्त सुन्दर भिडियोमा आस्था न्यौपाने, गोमा न्यौपाने, नेत्रबन्धु पोख्रेल, कमला पोख्रेल तथा डा. विदुर वस्तीको अभिनय देख्न सकिन्छ।

बाल कलाकारका रूपमा सृष्टि पोख्रेल र आराभ पौडेलले समेत प्रभावशाली प्रस्तुति दिएका छन्। निर्माण पक्षका अनुसार पछिल्ला वर्षहरूमा तीज गीतहरू आधुनिक शैलीतर्फ बढी केन्द्रित भइरहेका बेला ‘नाच्ने आजै हो’ ले नेपाली समाजमा पुस्तौंदेखि चलिआएको तीजको मौलिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य बोकेको प्रष्ट देखिन्छ  भने गीतको भिडियो ‘नेत्रबन्धु मिडिया’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

भिडियो हेर्नकालागी तल क्लिक गर्नुहोला :

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)