बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सर्वदलीय बैठक सुरु


  • माउन्टेन खबर
  • बुधबार, साउन १३, २०८३
  • 45
    SHARES

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ।

सिंहदरबारमा आज बिहान ८ बजेदेखि सुरु भएको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको छ।

सुनसरी घटनापछि उत्पन्न परिस्थितिमा सामाजिक सद्भाव कायम राख्ने, द्वेष फैलिन नदिने तथा शान्ति–सुरक्षालाई सुदृढ बनाउन प्रशासनिक प्रयाससँगै राजनीतिक तहबाट पनि साझा सन्देश र अपिल आवश्यक रहेको निष्कर्षसहित बैठक आयोजना गरिएको रास्वपाले जनाएको छ।

बैठकमा सुनसरी घटनाको पछिल्लो अवस्था, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)