आइतवार, साउन २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि


  • माउन्टेन खबर
  • आइतवार, साउन २४, २०८३
  • 49
    SHARES

काठमाडाैँ –  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु चार हजार ८००ले वृद्धि भई रु तीन लाख एक हजार ७०० कायम भएको छ ।

 

 

गत शुक्रबार एक तोला सुन रु दुई लाख ९६ हजारमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ६५ ले बढेर रु चार हजार ६४५ पुगेको छ । शुक्रबार एक तोला चाँदी रु चार हजार ५८० मा किनबेच भएको थियो ।

प्रतितोला रु चार हजार ५७० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ३४३ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)