मङ्लबार, साउन २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेस सभापति थापा र शेखर कोइरालाबीच भेटवार्ता


  • माउन्टेन खबर
  • मङ्लबार, साउन २६, २०८३
  • 48
    SHARES

काठमाडौं  –  नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच मंगलबार बिहान भेटवार्ता भएको छ।

डा. कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको भेटमा पार्टीभित्र पछिल्लो समय देखिएका आन्तरिक तथा सांगठनिक विवाद समाधान गर्ने विषयमा छलफल भएको हो।

मंगलबार बिहान पौने १० बजे सुरु भएको भेटवार्ता सवा १० बजेसम्म चलेको थियो। भेटमा पार्टीको वैधानिकता, नेतृत्व तथा नीतिगत विषयमा देखिएका विवादलाई कसरी टुंगोमा पुर्‍याउने भन्नेबारे दुवै नेताले आ–आफ्ना धारणा राखेका थिए।

यद्यपि, छलफलबाट कुनै ठोस सहमति भने जुट्न सकेन। कांग्रेसभित्र वैधानिकता र नेतृत्वको विषयलाई लिएर राजनीतिक तथा कानुनी बहस चलिरहेका बेला दुई नेताबीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)