शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विवाह बन्धनमा बाँधिए पछि भाबुक हुदै अभिनेत्री श्वेता खड्काले सामाजिक संञ्जालमा यस्तो लेखिन……….


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर २३, २०७७
  • 673
    SHARES

काठमाडौं । अभिनेत्री श्वेता खड्का  सोमवार विवाह बन्धनमा बाँधिएकी हुन् । उनले आफु सोमवार विवाह बन्धनमा बाँधिएपछि  सामाजिक सञ्जालमा भावुक हुँदै स्टाटस् लेखेकी हुन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले दोश्रो विवाह गरेकि हुन् । उनीहरुको विवाहको कार्यक्रम काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा आयोजना गरिएको थियो ।

नायक श्रीकृष्ण श्रेष्ठ संग पहिलो विवाह गरेकि नायिका श्वेता खड्काका श्रीमान श्रीकृष्ण श्रेष्ठको विवाह भएको केहि समय पछिनै मृत्यु भएको थियो।

कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच उनको र विजयन्द्रको विवाह समारोह आयोजना गरिएको थियो भने विवाहमा दुबै तर्फका नजिकका सिमित व्यक्तिको मात्र उपस्थिती रहेको थियो ।

अभिनेत्री श्वेता खड्काले यस्तो लेखिन:

”अनत्वगोत्वाः मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ ।  मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण  इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र  आशिर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई  मेरो शिरको सिन्दुर जस्तै अझै उच्च  स्थानमा पुर्‍याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको  बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई  मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा  थप उत्साह र उमंग बोकेर लागी पर्नेछु । म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म प्र यासरत रहनेछु  । अतः मलाई तपाइहरु सम्पुर्णको साथ , साल्लाह , सुझावका साथै शुभ आशिर्वादको आवस्यक्ता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)