सोमवार, भदौ ८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा


  • माउन्टेन खबर
  • सोमवार, भदौ ८, २०८३
  • 49
    SHARES

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लामो समयदेखि सार्वजनिक हुन नसकेको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।

थापाले सामाजिक सञ्जालमार्फत २०७४ सालदेखि लगभग हरेक वर्ष लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आए पनि राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिबद्धता जनाउने र सरकारमा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न नसकेको बताएका छन्।

उनका अनुसार २०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग) ले सरकारलाई बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन सकेको छैन। साथै, पीडितहरू न्याय पाउनबाट वञ्चित भइरहेको उनले उल्लेख गरेका छन्।

विगतका सरकारले प्रतिवेदन सार्वजनिक गर्न नसकेको स्वीकार गर्दै थापाले विगतको कमजोरीलाई अहिले पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बनाउन नहुने बताएका छन्। यसपटक पनि विषय प्रतिबद्धतामै सीमित नरहोस् भन्दै उनले सरकारसँग ठोस कदम चाल्न आग्रह गरेका छन्।

थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन्।

उनले नागरिकलाई सत्य जान्ने र पीडितलाई न्याय पाउने अधिकार रहेको उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गर्नु राज्यको दायित्व भएको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)