शुक्रबार, भदौ १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भोटेकोशी बाढी अपडेट

४६९ जनाको मृत्यु, ९७७ अझै बेपत्ता, उद्धारका लागि ड्रोन र हेलिकप्टर परिचालन


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ १२, २०८३
  • 41
    SHARES

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ४ सय ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

 

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी ९ सय ७७ जना अझै बेपत्ता छन् । प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले शुक्रवार सञ्चारमाध्यमलाई दिनुभएको जानकारीअनुसार, बाढी प्रभावित क्षेत्रबाट हालसम्म ३ हजार २५३ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ५ सय जनालाई बिहीवार मात्रै जलविद्युत आयोजनाको टनेल (सुरुङ) बाट निकालिएको थियो । सुरुङमा अझै केही व्यक्तिहरू फसिरहेको र उनीहरूको उद्धार प्रयास जारी रहेको डा. उप्रेतीले बताउनु भयो ।
उद्धार कार्यलाई तिब्रता दिन शुक्रवार बिहानै तीनवटा हेलिकप्टर परिचालन गरिएको छ । सडक सञ्जाल विच्छेद भएका ठाउँमा खाद्यान्न पु¥याउन एक टनसम्म तौल बोक्न सक्ने ‘लिफ्टिङ ड्रोन’ प्रयोग गरिएको प्राधिकरणले जनाएको छ । नेपाली सेना र नेपाल प्रहरीको टोलीलाई शव व्यवस्थापन, उद्धार र आवश्यकता पहिचानका लागि विभिन्न स्थानमा खटाइएको छ । हेलिकप्टरका लागि नुवाकोट स्टेशनबाट इन्धन आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ ।

प्राधिकरणकाअनुसार फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा १ सय ७८ र नवलपरासी पूर्वमा ११० जना रहेका छन् । अन्य जिल्लाहरूमा गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव प्राप्त भएको छ । कतिपय स्थानमा मानव अङ्गहरू मात्र फेला परेकाले पहिचानमा चुनौती देखिएको छ ।

बेपत्ता हुनेहरूमा सुरक्षाकर्मी र सरकारी कर्मचारीको संख्या पनि ठूलो छ । नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना कर्मचारी अझै सम्पर्कविहीन छन् । यस्तै, रसुवाबाट १६१ र नुवाकोटबाट १ जना सर्वसाधारण बेपत्ता भएको विवरण प्राप्त भएको छ । बाढीमा परी घाइते भएका ७३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बेत्रावती क्षेत्रमा रहेका १७ जना घाइतेलाई तत्काल अक्सिजनको आवश्यकता परेकाले सोको व्यवस्थापन भइरहेको प्राधिकरणले जनाएको छ ।

उत्तरगया, डाँडागाउँ र किस्पाङ गाउँपालिकाको सीमा क्षेत्रमा करिव एक सय जना तथा लिरिङ्गे स्कुलमा १ सय ५० जना मानिसहरू सुरक्षित अवस्थामा रहेका छन् । उनीहरूलाई त्रिशूली नदी पार गराएर सुरक्षित गन्तव्यमा पु¥याउने काम भइरहेको छ । यस्तै, २ सय १६ मेगावाटको त्रिशूली हाइड्रोपावरमा रहेका व्यक्तिहरूका लागि खाद्यान्न प्रबन्ध मिलाइएको र नदी किनारमा भेटिएका शवहरूको व्यवस्थापन भइरहेको जानकारी डा. उप्रेतीले दिनुभयो । प्राधिकरणले विपद् व्यवस्थापनका लागि राज्यका सबै संयन्त्र २४ सै घण्टा परिचालित रहेको जनाएको छ ।

–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)