शनिबार, भदौ १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतबाट राहत सामग्री सहित मेडिकल तथा टनेल उद्धार टोली काठमाडौँमा


  • माउन्टेन खबर
  • शनिबार, भदौ १३, २०८३
  • 22
    SHARES

काठमाडौँ – भारतबाट बाढी प्रभावित नेपालका लागि राहत सामग्री तथा उद्धार टोलीसहितको तेस्रो उडान काठमाडौं आइपुगेको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत तेस्रो उडान काठमाडौं पुगेको जानकारी दिएका हुन्। उनका अनुसार उक्त उडानमार्फत राहत सामग्रीसँगै ११ सदस्यीय मेडिकल तथा टनेल उद्धार टोली नेपाल पुगेको छ।

 

 

 

यसअघि भारतले नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा सहयोग गर्न १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि पठाएको थियो। भारतले उक्त सहायता सामग्री नेपालमा बाढी प्रभावितको उद्धार तथा राहतका लागि परिचालन हुने जनाएको थियो।

भारतले पहिलो चरणमा पठाएको मानवीय सहायता तथा औषधिपछि थप राहत सामग्री र विशेषज्ञ टोलीसहितका उडान नेपाल पठाएको हो। पछिल्लो उडानसँगै बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार, खोज तथा उद्धार, विशेषगरी सुरुङमा फसेकाको उद्धारका लागि भारतीय टोली परिचालन भएको छ।

जयशंकरले यसअघि पनि नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका थिए। भारतले विपद्को यस कठिन घडीमा नेपाललाई आवश्यक मानवीय सहयोग जारी राख्ने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)