आइतवार, भदौ १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिका र भेनेजुएलाबीच ‘विश्वकै ठूलो’ तेल सम्झौता भएको ट्रम्पको दाबी


  • माउन्टेन खबर
  • शनिबार, भदौ १३, २०८३
  • 53
    SHARES

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र भेनेजुएलाबीच ऐतिहासिक तेल सम्झौता भएको घोषणा गर्नुभएको छ । ट्रम्पले यसलाई विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता को संज्ञा दिनुभएको हो ।

 

 

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत जानकारी दिँदै ट्रम्पले निजी क्षेत्रसँगको साझेदारीमा अमेरिकाले भेनेजुएलाको ६५ अर्ब ब्यारेल भन्दा बढी प्रमाणित तेल भण्डारमा नियन्त्रण कायम गरेको बताउनु भयो । उहाँले यस प्रक्रियामा अमेरिकी करदाताहरूको कुनै पनि खर्च नभएको दाबी समेत गर्नुभयो । ट्रम्पकाअनुसार यो सम्झौताले अमेरिकाको वर्तमान तेल भण्डारलाई दोब्बरभन्दा बढी बनाउनेछ । यसबाट तेलको आपूर्तिमा उल्लेख्य वृद्धि हुने र दीर्घकालीन रूपमा अमेरिकी नागरिकका लागि ग्यासको मूल्यमा ठूलो गिरावट आउने उनले उल्लेख गरेका छन् ।

 

फेब्रुअरीको अन्त्यतिर इरानसँगको द्वन्द्व चर्किएसँगै अमेरिकामा तेलको मूल्य तिब्र गतिमा बढिरहेको छ, जसले त्यहाँ मुद्रास्फीतिको चिन्ता बढाएको छ। यसै पृष्ठभूमिमा ट्रम्पको यो घोषणा आएको हो । उल्लेखनीय छ कि भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)