आइतवार, भदौ १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै


  • माउन्टेन खबर
  • शनिबार, भदौ १३, २०८३
  • 60
    SHARES

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ-मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

लेदोसहित सडकमा थुप्रिएका फोहर बाढी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार सडक खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका सवारीसाधनलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ ।

उहाँले बाढीका कारण सडकभरि लेदो थुप्रिएकाले यातायात सञ्चालनमा समस्या भएको बताउँदै लेदो हटाएपछि सवारीसाधन सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “बाढीका कारण सडकभरि लेदो थुप्रिएको थियो, त्यो पन्छाएर सवारीसाधन सञ्चालन गरिएको छ । लामो समयदेखि राजमार्गमा अड्किएका सवारीलाई पनि सुरक्षित स्थानतर्फ पठाइएको छ”, प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले भन्नुभयो ।

यसैबीच, धादिङको वैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडक भने हाल एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । बाढी तथा पहिरोका कारण अवरुद्ध सडक खुलाउने तथा यातायातलाई सहज बनाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)