सोमवार, भदौ २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौंमा खाना पकाउने ग्यासको चरम अभावः कुपन र सिलिण्डरका लागि उपभोक्ताको सास्ती


  • माउन्टेन खबर
  • सोमवार, भदौ २२, २०८३
  • 35
    SHARES

काठमाडौं  –  काठमाडौं उपत्यकामा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ ।

 

भोटेकोशी बाढी र त्यसपछिको सडक अवरोधका कारण आपूर्ति व्यवस्था सहज हुन नसक्दा उपभोक्ताहरू घण्टौँसम्म लामवद्ध हुनुपर्ने बाध्यता सिर्जना भएको हो । भोटेकोशी बाढी अघि पनि काठमाडौंमा ग्यासको अभाव थियो । सरकारलै ग्यासको अभाव नरहेको दाबी गर्दै केही समयमै सहज हुने बताएपनि आम नागरिकहरु लामवद्ध भएर ग्यासका लागि बसिरहेका छन् । ग्यास वितरणलाई व्यवस्थित गर्न खुद्रा विक्रेताहरूले कुपन प्रणालीको सहारा लिएका छन् । कोटेश्वर क्षेत्रमा एलपी ग्यासको खुद्रा विक्री गरिरहनुभएका व्यवसायी शङ्करकुमार श्रेष्ठकाअनुसार माग अत्यधिक भएपनि दैनिक करिव १ सय ५० वटा सिलिण्डर मात्र वितरण गर्न सकिएको छ ।

उहाँले भन्नुभयो, ‘हामीले दैनिक १५० वटा र अपाङ्गता भएका व्यक्तिहरूका लागि १० वटा गरी कुल १६० वटासम्म ग्यास सिलिण्डर वितरण गरिरहेका छौँ ।’

उहाँले भीड व्यवस्थापनका लागि सिलिण्डरमा नम्बरिङ गर्ने र नामसहितको कुपन बाँडेर भोलिपल्ट ग्यास दिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । ग्यासका लागि लाइनमा बसेका उपभोक्ताहरूले भने ठूलो सास्ती भोग्नुपरेको गुनासो गरेका छन् । जडिबुटीका राकेश विष्टले दुई–तीन दिनअघि नै कुपन लिएपनि ग्यास नपाएको गुनासो गर्नुभयो । सोमवार बिहान ८ बजेदेखि नै ग्यास पाउने आशामा लाइनमा बसेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काम छोडेर बिहान ८ बजेदेखि नै लाइनमा बसेको छु । चुल्हो बाल्नै पर्ने बाध्यताले गर्दा कामको क्षति सहेर पनि यहाँ आउनुपरेको छ ।’

उपभोक्ताहरूकाअनुसार बजारमा ग्यासको अभाव व्यापक छ र स्थानीय डिपोहरूमा ग्यास पुग्न सकेको छैन ।

‘संवद्ध निकायले ग्यास पठाइरहेको बताए पनि डिपोहरूमा ग्यास आइपुगेको छैन, डिपोमै ग्यास नभएपछि हामीले दुःख पाउनु स्वाभाविक हो ।’ अर्का एक उपभोक्ताले आक्रोश व्यक्त गर्नुभयो । 

रसुवामा आएको बाढी अघिदेखि नै शुरु भएको ग्यासको समस्या सडक अवरोध र यातायात सञ्चालनमा आएको कठिनाइका कारण थप जटिल बनेको हो । आपूर्ति सहज नहुँदा र माग अनुसारको सिलिण्डर उपलब्ध हुन नसक्दा सर्वसाधारणहरूले दैनिक कार्य छाडेर ग्यासको खोजीमा भौँतारिनुपरेको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)