मङ्लबार, भदौ २३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै


  • माउन्टेन खबर
  • सोमवार, भदौ २२, २०८३
  • 42
    SHARES

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन् । प्रधानमन्त्री शाह असोज ९ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

छोटो अवधिका लागि न्यूयोर्क जान लागेका प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालमा भोटेकोशी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।

विशेषगरी जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेका विपद् र त्यसबाट भएको क्षतिको विषयलाई उनले अन्तर्राष्ट्रिय मञ्चमा उठाउने भएका छन् ।

भोटेकोशी बाढीलाई जलवायु परिवर्तनको असरका रूपमा प्रस्तुत गर्दै नेपालले जलवायु न्याय, क्षतिपूर्ति तथा विपद्का कारण प्रभावित मुलुकलाई आवश्यक अन्तर्राष्ट्रिय सहयोगका विषयमा समेत आवाज उठाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)