बिहिबार, अशोज १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३१, २०८३
  • 41
    SHARES

काठमाडौँ। खराब प्रदर्शन गरेको नेपालले जापानमा भएको २० औँ एसियाली खेलकुदको महिला भलिबलमा हारबाट शुरुवात गरेको छ ।

नागोया सहरस्थित कोमाकी पार्क एरिनामा बुधवार भएको पहिलो खेलमै नेपाली महिला टोली जापानसँग सोझो सेटमा हार व्यहोरेको छ ।

एशियाको शिर्ष स्थानमा रहेको जापानसँग नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । नेपालको समूह ए मा जापान र इण्डोनेसिया छ । यो हारसँगै दोस्रो चरणमा पुग्न नेपालले इण्डोनेसियासँगको खेल जित्नै पर्ने दबाब बढेको छ ।

नेपालले अब दोस्रो खेल इण्डोनेसियासँग बिहीवार खेल्नेछ । उक्त खेल जितेमा नेपाल क्वाटरफाईनल पुग्नेछ । पराजित भएमा नेपालले नवौंदेखि १४ औं स्थानसम्म क्वालिफिकेसन म्याच खेल्नुपर्नेछ ।

एफआइभीबी वरियतामा नेपाल ६९ औं स्थानमा छ भने इण्डोनेसिया ५३ औं स्थानमा छन् । जापान भने एशियाको शिर्ष वरीयताको टोली हो । नेपाल जापानसँग २५–८, २५–१२ र २५–११ ले पराजित भयो ।

कुल १४ राष्ट्र सहभागी भएको महिला भलिबलमा चार समूह छन् । समूहको शिर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछ ।

एफआइभिबी विश्व वरियतामा भने जापान छैटौं स्थानमा छ । जापानमा शुरु भएको २० औं एसियाली खेलकुदअन्तर्गत नेपालको यो पहिलो प्रतिष्पर्धा पनि हो  । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)