आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा व्यवसायमैत्री वातावरणका लागि उत्साहपूर्ण अवसर : प्रधानमन्त्री मोदी


  • माउन्टेन खबर
  • बुधबार, मंसिर २४, २०७७
  • 615
    SHARES

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्लूमबर्ग न्यू इकोनोमिक फोरमलाई सम्बोधन गर्दै भारतमा गतिशीलता र नविनताका क्षेत्रहरूमा लगानी गर्ने उत्साहपूर्ण अवसर रहेको दाबी गर्दै वैश्विक लगानीको आह्वान गरेका छन् ।

यदि तपाईं सहरीकरणमा लगानी गर्न खोज्दै हुनुहुन्छ भने भारतमा तपाईंका लागि रोमाञ्‍चक अवसरहरू छन् । यदि तपाईं गतिशीलतामा लगानी गर्ने सोचमा हुनुहुन्छ भने भारतमा तपाईंका लागि उत्साहपूर्ण अवसरहरू छन् । यदि तपाईं नवीनतामा लगानी गर्न चाहानुहुन्छ भने भारतसँग तपाईंको लागि नविनतामा बृहत क्षेत्रहरु छन्, प्रधानमन्त्री मोदीले फोरमलाई भने ।

उनले भारतसँग व्यापारमैत्री वातावरण छ र यसले ठूलो बजार प्रदान गर्दछ र सरकारले भारतलाई रुचाएको वैश्विक लगानीको गन्तव्य बनाउन कुनै कसर छोड्ने छैन, उनले थपे ।

कोरोना भाइरस महामारीले खडा गरेको ठूलो चुनौती हुँदाहुँदै पनि भारतले यस कठिन समयको अवधिमा एक असाधारण उदाहरण प्रस्तुत गरेको मोदीले बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले विश्वयुद्धपछिको युगलाई कोरोना महामारीले ठूलो पाठ सिकाएको बताएका छन् । मलाई लाग्छ दोस्रो विश्वयुद्ध पछि भएका ऐतिहासिक पुनर्निर्माण प्रयासहरूले हामीलाई धेरै पाठ सिकाउन सक्छ । विश्व युद्धपछि, सम्पूर्ण विश्वले नयाँ विश्व क्रममा काम गर्यो । नयाँ प्रोटोकल विकसित भयो र विश्व पनि परिवर्तन भयो । कोभिड(१९ ले पनि हामीलाई त्यस्तै मौका दियो । प्रत्येक क्षेत्रमा नयाँ प्रोटोकलहरू विकास गर्ने अवसरहरु रहेका छन्, उनले भने ।

यदि हामी भविष्यको लागि लचिलो प्रणाली विकास गर्न चाहन्छौं भने यो अवसरलाई संसारले छोड्‍नु हुँदैन, उनले थपे।

भारतीय प्रधानमन्त्री मोदीले महामारीको क्रममा टेक्नोलोजीले पनि हाम्रो काममा निरन्तरता कायम गर्न मद्दत गरेको छ ।

भिडियो कन्फरेन्सिंग जस्ता असाधारण उपकरणका लागि धन्यवाद, म अधिक धेरै बैठकहरू अनलाइनबाटै उपस्थित भइरहेको छु । यसले मलाई दूरी तय गर्न र तपाईंहरूसँग कुराकानी गर्न पनि मद्दत गरेको छ । तर यसले कोभिडपछिको विश्वका लागि पनि चाखलाग्दो प्रश्न खडा गर्दछ, उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)