बुधबार, अशोज ७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने


  • माउन्टेन खबर
  • बुधबार, अशोज ७, २०८३
  • 44
    SHARES

काठमाडौँ- संयुक्त राज्य अमेरिकाले नेपालको बाढीपछिको प्रतिकार्य तथा पुनर्लाभका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। यससँगै नेपालमा बाढीसम्बन्धी अमेरिकी सहयोग ३ करोड ६० लाख डलरभन्दा बढी पुगेको छ।

राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेश मन्त्री एलिसन हुकरले मंगलबार न्युयोर्कमा नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै उक्त सहयोग घोषणा गर्नुभएको हो।

भेटमा उपविदेश मन्त्री हुकरले नेपालको विनाशकारी बाढीबाट प्रभावित सबैप्रति अमेरिकी सरकारको सहानुभूति व्यक्त गर्दै बेपत्ता रहेका करिब ७० अमेरिकी नागरिकका परिवारप्रति समेत समवेदना प्रकट गर्नुभयो।

 

अमेरिकाले बाढी प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनर्स्थापना तथा क्षेत्रीय सम्पर्क विस्तारका लागि १ करोड डलर खर्चेर आवश्यकताअनुसार निर्माण गरिने स्थायी पुल उपलब्ध गराउने योजना बनाएको छ। ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने जनाइएको छ।

त्यस्तै, प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता, आश्रय, सुरक्षा, जीविकोपार्जन र जाडोयामका सामग्री उपलब्ध गराउन थप ८० लाख डलर सहायता प्रदान गरिनेछ।

भविष्यमा हुने विपद् पुनर्लाभ तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन अमेरिकामा निर्मित ड्रोन खरिदका लागि १ करोड ३० लाख डलर उपलब्ध गराउने योजना पनि अमेरिकाले सार्वजनिक गरेको छ।

अमेरिकी पक्षले आवश्यकताका आधारमा नेपाल सरकारसँग समन्वय गर्दै सबैभन्दा बढी सहयोग आवश्यक पर्ने क्षेत्रमा सहायता पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

नेपालमा गत अगस्ट २६ मा भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधन तथा पूर्वाधार क्षति पुर्‍याएको थियो। पछिल्लो विवरणअनुसार बाढीसम्बन्धी खोज तथा उद्धार कार्यमा १,४५१ शव फेला पारिएको वा उद्धार गरिएको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)