बुधबार, अशोज ७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बीसौँ एसियाली खेलकुदमा तेन्जिङले दिलाए नेपाललाई पहिलो पदक


  • माउन्टेन खबर
  • बुधबार, अशोज ७, २०८३
  • 37
    SHARES

काठमाडौँ- जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् । उनको यो पदक बीसौँ एसियाली खेलकुदको पहिलो पदक हो । यसअघि विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेता पनि नेपालले पदक जित्न सकेको थिएन ।

जापानको टोयाहाशी जिम्नेसियममा आज भएको कास्य पदकका भिडन्तमा नेपालका कराते खेलाडी तेन्जिङले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा नेपाललाई कास्य पदक दिलाएका हुन् ।

उनले लाओसका खेलाडी वाथाना जायासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जितेका हुन । त्यसअघि उनी सेमिफाइनल खेलमा इरानका खेलाडी महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)