आइतवार, अशोज ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै


  • माउन्टेन खबर
  • आइतवार, अशोज ११, २०८३
  • 37
    SHARES

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै रहने जनाएको छ ।

 

प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोको जोखिम अझै केही दिन नरहने भएकोले शर्तकताए अपनाउनुपर्ने बताउनु भयो । उहाँकाअनुसार हाल मुख्य जोखिम नदीको बहाव बढेर हुने कटान र पहिरो हो । लगातारको वर्षाका कारण जमिन भिजिसकेकाले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम तत्काल नहट्ने उहाँको भनाई छ । उहाँकाअनुसार हाल बाढी र पहिरोका कारण राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक खुलाउन सडक विभागले २५० भन्दा बढी उपकरणलाई विभिन्न स्थानमा प्रि–पोजिसनिङ गरी तयारी अवस्थामा राखेको उहाँले बताउनुभयो । वर्षा कम हुँदै गएपछि सडक खुलाउने कामलाई तिब्रता दिने उहाँको भनाई छ । कतिपय स्थानमा भने सडक सञ्चालनमा आइसकेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘विशेषगरी अहिलेको जोखिम भनेको नदी कटान हो, यसले बस्तीहरू अलि जोखिम देखिएको छ । कटान सँगसँगै पहिरोको जोखिम पनि बढेको छ, अहिले नै जोखिम रोकिसकेको छैन । बाढीकै समय अझै बढ्ने देखिन्छ, फेरी बिस्तारै अब घामै लाग्यो भने पनि भोलि–पर्सीतिर पनि पहिरो जाने सम्भावना रहन्छ, किनभने माटोहरु धेरै भिजिसकेको छ, त्यो जोखिम छँदै छ । धेरै ठाउँमा अब राजमार्गहरू, भित्री सडकहरू पनि पहिरोले अवरुद्ध भएका छन् । तर त्यो हुँदै गर्दा पनि हाम्रो, हामीले समन्वय गरिराखेका छौं, सडक विभागले करिब २ सय ५० वटा भन्दा बढी इक्विपमेन्टहरू प्रि–पोजिसनिङमा स्ट्यान्डबाई राखेको छ । त्यही अनुसार अपरेटरहरूलाई मुभ गरेर सडक खोल्ने काम पनि सँगसँगै भईराखेको छ । पानी अलिकति कम भयो र घाम लाग्न थाल्यो भने त्यो कामले पनि अलि तिब्रता लिन्छ । तथापि उहाँहरुको प्रयत्न छ र कति ठाउँमा चाहिं केही सुचारु पनि भइसकेको अवस्था छ ।’

महतकाअनुसार तत्कालको जोखिम भने अझै टरेको छैन । आईतवार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्ने र बाढी पहिरो आउने खतरा कायमै रहेको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)