आइतवार, कार्तिक १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिमको असहमतिपछि विराटनगरसँगको खेल अन्योलमा


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १५, २०८३
  • 42
    SHARES

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल वर्षाका कारण तोकिएको समयमा सुरु हुन सकेन।

वर्षाले मैदान प्रभावित भएपछि खेललाई पाँच–पाँच ओभरमा झार्ने तयारी गरिएको थियो। सोहीअनुसार साँझ ७:२५ बजे टस गर्ने र ७:४१ बजे खेल सुरु गर्ने समय निर्धारण गरिएको थियो।

तर, छोटो खेल खेलाउने निर्णयमा सुदूरपश्चिम सहमत नभएपछि टससमेत हुन सकेन। निर्णयबारे सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, प्रशिक्षक मिसवाह उल हक, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, अम्पायर र क्युरेटरबीच छलफल भएको थियो।

लामो छलफलपछि पनि सहमति नजुटेपछि दीपेन्द्र मैदानबाट बाहिरिएका थिए। उनीसँगै सुदूरपश्चिमका अधिकांश खेलाडी पनि मैदान छाडेर बाहिरिए।

त्यतिबेला सुदूरपश्चिमबाट विनोद भण्डारी मात्रै मैदानमा देखिएका थिए। विराटनगर किंग्सका खेलाडी भने खेल सुरु हुने प्रतीक्षामा मैदानमै रहेका थिए।

सुदूरपश्चिमको असहमतिका कारण खेलको नयाँ समय र स्वरूपबारे तत्काल निर्णय हुन सकेको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)