आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मतपरिणाम नमान्ने डोनल्ड ट्रम्पको अडानमा सर्वोच्च अदालतको धक्का


  • माउन्टेन खबर
  • आइतवार, मंसिर २८, २०७७
  • 475
    SHARES
  • ट्रम्पले चुनावमा धाँधली भएको बताउँदै आएका छन् तर त्यसको प्रमाण दिन सकेका छैनन्

वीवीसी। अमेरिकाको सर्वोच्च अदालतले प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा खारेज गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको अभूतपूर्व प्रयासलाई अस्वीकार गरेको छ।

टेक्सस, जोर्जिया, मिशिगन, पेन्सिल्भेनिया र विस्कन्सिन राज्यको नतिजालाई अमान्य घोषणा गर्न यसै साता मुद्दा दायर गरिएको थियो।

ती चारवटै राज्यमा ट्रम्पका प्रतिस्पर्धी जो बाइडनले चुनाव जितेका हुन्।

उक्त मुद्दालाई १८ प्रान्तीय महान्यायाधिवक्ता र १०६ रिपब्लिकन कङ्ग्रेस सदस्यहरूले समर्थन जनाएका थिए।

तर एउटा संक्षिप्त आदेशमा सर्वोच्च अदालतले शुक्रवार टेक्सससँग उक्त मुद्दालाई सर्वोच्च अदालतमा अघि बढाउने कुनै कानुनी आधार नभएको उल्लेख गरेको छ।

अदालतको यो आदेश ट्रम्पका लागि एउटा झड्का हो किनकि उनी गत नोभेम्बरमा भएको निर्वाचनमा प्रमाणविना धाँधलीको आरोप लगाइरहेका छन् र त्यसलाई कानुनी चुनौती दिने बताइरहेका छन्।

उक्त अदालतले यसै साता पेन्सिल्भेनियामा बाइडनको विजयविरुद्ध अर्को एउटा छुट्टै कानुनी चुनौतीलाई खारेज गर्दै एक वाक्यमा आदेश दिएको थियो।

चुतावपश्चात् ट्रम्पका समर्थकहरूले चुनावी नतिजाविरुद्ध दर्जनौँ मुद्दाहरू हालेका छन् तर ती कुनै पनि सफल भएका छैनन्।

डेमोक्र्याटिक उम्मेदवार बाइडनले ट्रम्पलाई चुनावमा हराएर राष्ट्रपति चुनिएका छन्।

बाइडनले देशव्यापी रूपमा ट्रम्पको भन्दा सात करोड बढी मत ल्याएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)