मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनको विरोधमा अमेरिकामा हतियार सहित प्रर्दशन राष्ट्रपति ट्रम्पको पनि समर्थन


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ६, २०७७
  • 422
    SHARES

अमेरिकाका विभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका पक्षधरहरुले लकडाउनको विरोध गर्दै प्रदर्शन गरेका छन् । ट्रम्पले प्रदर्शनकारीको समर्थन गरेपछि प्रदर्शनका घटना बढेका हुन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि राज्यहरुले घरमै बस्नु पर्नेसहितका लकडाउनका कडा नियमहरु लागु गरेका छन् । त्यसको विरोधमा ट्रम्प समर्थकहरुले बन्दुकसहित बाहिर निस्किएर प्रदर्शन गरेका हुन् ।

ट्रम्पले ट्वीट गरेर प्रदर्शनकारीको समर्थन गर्दै लकडाउन खुकुलो पार्न माग गरेका हुन् । उनले मिनेसोटा, मिसिगन तथा भर्जिनियामा लकडाउन खुकुलो पार्नु पर्ने भन्दै ट्वीट गरेका छन् ।

प्रदर्शनकारीले लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको र त्यसले नागरिकलाई समस्यामा पारेको बताएका छन् । तर स्वास्थ्य अधिकारीले भने लकडाउन हटाएमा वा खुकुलो पारेमा संक्रमण थप फैलिन सक्ने चेतावनी दिएका छन् ।

अमेरिकामा बिहीबार अहिलेसम्मकै सबैभन्दा धेरै ४५ सय ९१ जनाको ज्यान गएको थियो । यसको प्रमुख कारण जोन हप्किन्स विश्वविद्यालयले कोभिड–१९ का सम्भावित केसहरुलाई पनि समावेश गर्न थालेकालेह हुन सक्ने बताइएको छ ।ऐजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }