शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हेटौँडा- काठमाडौं रोपवे सेवा पुन सञ्चालनको तयारी


  • माउन्टेन खबर
  • बिहिबार, पुस २, २०७७
  • 1.4K
    SHARES

काठमाडौं । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले पुरानो एकमात्र बन्द रहेको हेटौँडादेखि काठमाडौँ जोड्ने ४२ किलोमिटर लामो रोपवेको सम्भाव्यता अध्ययन गरी पुनः सञ्चालनमा ल्याउन प्रदेश सरकारले गृहकार्य शुरु गरिसकेको जानकारी दिनु भयो ।

उहाँले  प्रदेश सरकारले रोपवे सञ्चालनमा ल्याउन गत असारमा चालु आव २०७७÷०७८ को बजेट विनियोजन कार्यक्रममा समावेश गरिएनुसार अत्याधुनिक प्रविधिबाट सञ्चालनमा ल्याउनतर्फ प्राविधिकसँग अहिले छलफल भइरहेको बताउनु भयो ।

उहाले प्राविधिकले दिएको सुझाव र कार्यतालिका अनुसार बजेट विनियोजन गरी विभिन्न उपकरणका साथै केबुलतार जडान गर्न प्राविधि छिट्टै परिचालन गरिने बताउनु भयो ।

अमेरिकन सरकारको सहयोगमा सञ्चालित नेपाल रोपवे विसं २०२० देखि हेटौँडा–काठमाडौँको सामान ढुवानी गर्ने कार्यमा सञ्चालित रहँदै आएको थियो । हेटौँडादेखि विभिन्न स्टेशनमा केबुलतारका साथै केही उपकरणमा आएको खराबीले गर्दा विसं २०५६ जेठदेखि रोपवे सञ्चालनमा अवरोध आई बन्द गर्न बाध्यता आइपरेको थियो ।

काठमाडौँको टेकु, मातातीर्थ, टङ्ला हुँदै मकवानपुरको फाखेल, देउरालीलगायत सातवटा स्टेशनमा मर्मतसम्भार, नयाँ तारको केबल फेर्ने र सामान ढुवानी गर्ने ट्रली नयाँ खरिद गरी सञ्चालनमा ल्याउन प्राविधिकले सम्बन्धित निकायसँग सम्पर्क गरिरहेको भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद बताउनु भयो ।

पुरानो रोपवे सञ्चालनको अवस्थामा हेटौँडाबाट जिल्लाको फाखेल, सिस्नेरी, इपा, पञ्चकन्या, कुलेखानीका स्थानीय बासिन्दालाई दैनिक खाद्यान्न, तरकारी, लत्ताकपडा, सिमेन्ट, जस्तापाता र औषधि अत्यन्तै सुपथ मूल्यमा ढुवानी गर्दै आएको हेटौँडाका किराना व्यवसायी प्रभाकर पाण्डेले बताउनु भयो ।

यसैगरी हेटौँडाबाट काठमाडौँको टेकुतर्फ स्थानीय व्यापारीले सिमेन्ट, खाद्यान्न, लत्ताकपडा, जस्तापाता, मार्बल, औषधि, इन्धन ढुवानी गरी सुपथ मूल्यमा पठाउने गरेको पनि मकवानपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले बताउनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)