आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्डोनेसियामा पनि कोरोना विरुद्धको खोप लगाउन शुरु

सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने


  • माउन्टेन खबर
  • बिहिबार, पुस २, २०७७
  • 769
    SHARES

एजेन्सी।    इन्डोनेसियामा पनि कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । सबैभन्दा पहिलो खोप राष्ट्रपति जोको विडोडोले लगाएर खोप बुधबार खोप अभियानको शुभारम्भ गरिएको हो ।

खोप लगाएपछि राष्ट्रपति विडोडोले खोपको आवश्यकता पर्ने आफ्नो देशका सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

विश्वको चौथो धेरै जनसङ्ख्या भएको मुलुक इन्डोनेसियाको यस कदमलाई प्रशंसनीय मानिएको छ । इन्डोनेसियामा कोरोनाका कारण हालसम्म १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने छ लाख ३० हजारभन्दा बढी सङ्क्रमित छन् ।

सरकारले शुरुमा स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकहरूलाई खोप लगाइने र त्यसपछि जोखिमको मात्राका आधारमा प्राथमिकता निर्धारण गरेर सबैलाई लगाइने जनाएको छ । इन्डोनेसियाले विभिन्न विदेशी औषधि उत्पादक कम्पनीहरूसँग ३५ करोड डोज खोप किन्नका लागि सम्झौता गरिसकेको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)