आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

एसिया प्रशान्त क्षेत्रमा कोरोना विरुद्धको खोप ल्याउन अझै एक वर्ष लाग्न सक्ने विश्व स्वास्थ्य संगठनको अनुमान

खोपको विकास र प्रभावकारिता परीक्षणकै क्रममा रहनु मुख्य कारण


  • माउन्टेन खबर
  • शुक्रबार, पुस ३, २०७७
  • 458
    SHARES

काठमाडौं,३ पुस। विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले एसिया प्रशान्त क्षेत्रमा कोरोना विरुद्धको खोप आउन झण्डै एक वर्ष लाग्न सक्ने जनाएको छ ।

डब्लुएचओले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको बताउँदै छ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने जनाएको हो । खोप ढिला आउनुको कारण मध्ये एउटा मुख्य कारण खोपको विकास र प्रभावकारिताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहनु रहेको बताइएको छ ।

त्यसैगरी यसको उत्पादन, गुणस्तर व्यवस्थापन र सवैलाई ठाउँ ठाउँमा पुर्‍याउने कुरा अर्को चुनौतीको विषय रहेको पनि डब्लुएचओले जनाएको छ ।  डब्लुएचओका क्षेत्रीय निर्देशक डा. ताकेशी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा पत्रकारहरुसँगको कुराकानीका क्रममा यस क्षेत्रमा खोप आउन ढिला हुने बताउनु भएको हो

। कतिपय देशहरुले खोप ल्याउनका लागि सम्झौता गरे पनि अधिकांश देशले अझै पनि यसको प्रकृया नै सुरु गर्न नसकेको बताउनु भयो ।  त्यसैले सन् २०२१ को मध्य वा अन्त्यतिर मात्रै एसिया प्रशान्त क्षेत्रमा कोरोना खोप आउने डब्लुएचओको ठहर छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)