शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘सी’ डिभिजन लिग फुटबल चैतमा


  • माउन्टेन खबर
  • बिहिबार, पुस ९, २०७७
  • 1.1K
    SHARES

काठमाडौँ ९ पुस । स्थगित भएको २०७६ सालको शहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले सी डिभिजन लिगका पदाधिकारीसँग आज छलफल गर्दै गत वर्ष चैतमा स्थगित भएको लिग पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीका कारण सी डिभिजन लिग स्थगित भएको थियो । गत वर्ष स्थगित भएका घरेलु प्रतियोगिता यस वर्षभित्रै सम्पन्न गरिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

सी डिभिजन लिगको तयारी गर्न एन्फाले प्रत्येक क्लबलाई रु नौ लाख सहयोग गर्ने भएको छ । यसअघि लिग तयारीका लागि प्रत्येक क्लबलाई एन्फाले रु सात लाख आर्थिक सहयोग गर्दै आएको थियो । छलफलमा एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा, महासचिव ईन्द्रमान तुलाधर, लिग कमिटीका संयोजक विज्ञानराज शर्मालगायत एन्फा पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

एन्फाले बुधबार मात्र २०७६ सालमा कोरोनाका कारण स्थगित गरिएको सहिद स्मारक ‘बी’ डिभिजन लिग आगामी फागुन ११ गतेदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । नौ महिनाअघि बीचमै रोक्नुपरेको लिगलाई एन्फाको लिग कमिटीले पुनः सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता राईले बताउनुभयो । लिग सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना गरिनुका साथै सबै खेलाडीको कोरोना परीक्षण गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)