१० पुस , काठमाडौं। रक्तचापमा गम्भीर उतारचढाव आएपछि बलिउडका वरिष्ठ अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन्। शुक्रबार उनलाई हैदरावादस्थित एक अस्पतालमा भर्ना गरिएको छ।
उनी भर्ना भएको एपोलो अस्पतालले विज्ञप्ति जारी गरी जानकारी गराएको थियो।
अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,’रजनीकान्तलाई आज बिहान अस्पतालमा भर्ना गरिएको छ। उनी गत १० दिनयता हैदरवादमा सिनेमाको छायांकनमा थिए। सेटका केहीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। रजनीकान्तले डिसेम्बर २२ मा कोरोनाको परीक्षण गराएका थिए र नेगेटिभ आएता पनि उनी आइसोलेसनमै थिए र उनलाई नजिकबाट निरीक्षण गरिएको थियो।’
उनमा कुनै संक्रमणको लक्षण नदिए पनि रक्तचापमा भने गम्भीररूपमा उतारचढाव आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
