काठमाडौं,१० पुस। भ्याईस अफ नेपालका विजेता चर्चित गायक सिडि बिजय अधिकारीको आकाशको जून म्यूजिक भिडियो सार्वजनिक भएको छ।
मोडल सन्तोष बानिया र रश्मी श्रेष्ठको अभिनय रहेको सो म्यूजिक भिडियोमा तारा प्रकाश लिम्बुले संगित दिनु भएको छ। गीतकार हरि प्रसाद खनालको रचनाको सो गीतको एरेन्जर फडिन्द्र राईले गर्नु भएको छ।
