मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ का मन्त्रीद्वारा राजिनामा, मुख्यमन्त्रीलाई अविश्वासको प्रस्ताव दर्ताको तयारी


  • माउन्टेन खबर
  • आइतवार, पुस १२, २०७७
  • 761
    SHARES

१२ पुस , बिराटनगर।प्रदेश न. १ का मुख्य मन्त्री शेरधन राईले अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले पनि राजीनामा दिएका छन् ।

राजिनामा दिनेमा सामाजिक विकास मन्त्री घिमिरेसँगै सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास रहनुभएको छ।

अर्थमन्त्रीको पदबहाली र मन्त्रीहरुको सामुहिक राजिनामा संगै प्रदेश नम्बर १ मा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको छ ।

आङ्बोको नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको हो ।आफुलाई पदबाट हटाइएलगत्तै आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले सजिलो बनाइदिनुभेको बताउनुभएको छ।उहाँले अब आफ्नो अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको जानकारी दिनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)