सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाको कोलोराडोमा पनि बेलायतको जस्तो शक्तिशाली भाईरस


  • माउन्टेन खबर
  • बुधबार, पुस १५, २०७७
  • 494
    SHARES

डिसेम्बर २९ , अमेरिका । अमेरिकाको कोलोराडो सहरका एक युवामा बेलायतको जस्तो शक्तिशाली भाईरस देखा परेको छ । कोलोराडोका गभर्नर जेराल्ड पोलिसले यसको पुष्टि गरेका छन् ।

कोलोराडोको अलवर्ट काउण्टीका ति युवालाई अहिले अरुको सम्पर्क भन्दा अलगै राखिएको छ । उनले हालै कतैपनि यात्रा गरेका थिएनन । उन्लाई सो प्रकारको भाईरस भेटिए लगत्तै उन्का सम्पर्कमा रहेका अन्य ब्यक्तिहरुको पहिचान गर्ने कार्य जारी छ ।

यो कोभिड १९ भाइरसको शक्तिशाली रुप हो । यो भाइरस निकै छिटो एकजनावाट अर्कोमा सर्छ ।

बेलायतमा पहिलो पटक देखिएको कोरोना भाइरसको यो शक्तिशाली रुप अमेरिकामा पनि भेटिएको छ । तत्पाशात अन्य मुलुकका बिभिन्न देशहरुले पनि सतर्कता अपनाएका छन् ।

कयौं देशले बेलायतसंगको हवाई उडान वन्द गरिसकेका छन् । तर, यो भाइरस जापान, भारत लगायत विश्वका विभिन्न देशहरुमा पुगीसकेको समाचारहरु आईरहेका छन् ।

तस्बिर: सामाजिक संजाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)