डिसेम्बर २९ अमेरिका । गैर आवासीय नेपाली सङ्घ र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सहकार्यमा आह्वान गरिएको “अन्तर्राष्ट्रिय कविता प्रतियोगिता-२०७७” को समयावधि जनावरी २५, २०२१ सम्म तोकिएको छ ।
विदेशमा रहेका नेपाली भाषी १९ वर्ष उमेर समूहका बाल तथा किशोर कविहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।
प्रथम पुरस्कार १ हजार अमेरिकी डलर, द्वितीय पुरस्कार ५ सय अमेरिकी डलर र तृतीय पुरस्कार ३ सय अमेरिकी डलर तथा अंग्रेजी भाषामा लेखिएको एउटा कवितालाई २ सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने उक्त प्रतियोगिताको नतिजा आगामि श्रीपञ्चमीमा घोषणा गरिने छ ।
कविता २ सय शब्द भित्र लेखिएको र अप्रकाशित साथै अप्रसारित हुनुपर्ने छ ।

