शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

देवकोटा काव्य साकारलाई र घले पुरस्कारद्वारा दाहाललाई सम्मान गरिने


  • माउन्टेन खबर
  • बुधबार, पुस १५, २०७७
  • 1.0K
    SHARES

१५ पुस , काठमाडौं। नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि छ दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहेर आधुनिक नेपाली कविताको विकासमा विशिष्ट योगदानगरी देशदेशान्तरमा नेपाली भाषासाहित्यको गरिमा बढाएवापत कविवर श्री शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ । ताम्रपत्रसहित सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

यसैगरी पच्चीस हजार रुपियाँ राशिसहितको ‘भद्र घले पदक’ नेपाल पत्रकार महासङ्घका पूर्व सभापति श्री तारानाथ दाहाललाई प्रदान गरिने भएको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक या सदस्यमध्ये एक जनालाई हरेक वर्ष प्रदान गरिने सो पदक त्रिमूर्ति निकेतनको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्‍याएबापत दाहाललाई समर्पण गरिने भएको हो ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको निकेतनको सभाले सो निणर्य गरेको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)