१६ पुस , यमन। यमनको दक्षिणी शहर अदन स्थित विमानस्थलमा भएको विष्फोटमा कम्तीमा २२ जनाको मृत्यु भएको भने ५० भन्दा बढी घाइते भएका छन्।
स्थानिय सुरक्षाकर्मीका अनुसार नयाँ सरकारका सदस्यलाई साउदी अरबबाट लिएर आएको विमान अवतरण भएलगत्तै विष्फोट भएको थियो।
यमनका प्रधानमन्त्रीले आफू र आफ्नो मन्त्रीमण्डलका अन्य सदस्यहरू सकुशल रहेको जानकारी दिएका छन्। विष्फोटमा मृत्यु हुनेमा अधिकांश सहायक कर्मचारीहरु रहेका छन्।
यमन सन् २०१५ देखि निरन्तर गृहयुद्धमा छ। युद्धका कारण यमनमा हालसम्म १ लाख १० हजार बढी मानिसको मृत्यु भएको छ।
