शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्वारेजको निर्णायक गोलमा एटलेटिकोको जित


  • माउन्टेन खबर
  • सोमवार, पुस २०, २०७७
  • 817
    SHARES

म्याड्रिड । एटलेटिको म्याड्रिडले आइतबार एलाभेसलाई २–१ ले हरायो र फेरि स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लिन सफल रह्यो । लुइस स्वारेजले ९०औं मिनेटमा गरेको निर्णायक गोलमा एटलेटिको म्याड्रिडले जित हाँसिल गरेको हो ।

एटलेटिकोले मार्कोस लोरेन्टको गोलले अग्रता लिएको थियो । त्यसयता फेलिपेले आत्मघाती गोल गरे र एलाभेस बराबरीमा रह्यो । एटलेटिकोको १५ खेलबाट ३८ अंक भएको छ । रियल म्याड्रिड १७ खेलबाट ३६ अंकमा दोस्रो स्थानमा झर्‍यो ।

आइतबारकै अर्को खेलमा बार्सिलोनाले हुएस्कालाई १–० ले हरायो । त्ययसमा फ्रेन्क डे जोङले निर्णायक गोल गरे । यसका लागि लियोनल मेसीले पास उपलब्ध गराएका थिए । बार्सिलोनाका लागि मेसीको यो ७ सय ५० औं खेल रह्यो । यस्तै यो ला लिगाको मेसीको पाँच सयौं खेल पनि रह्यो । बार्सिलोनाको अब १६ खेलबाट २८ अंक भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)