आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतका विभिन्न राज्यमा देखियो बर्ड फ्लु


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २१, २०७७
  • 1.1K
    SHARES

२१ पुस , नयाँदिल्ली भारतका विभिन्न पाँच राज्यमा बर्ड फ्लुको संक्रमण देखिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार हालसम्म हिमाचल, हरियाणा, राजस्थान, केरल र मध्यप्रदेशमा एचफाइभ एन वान एभिएन इन्फ्लुएन्जा भाइरस अर्थात् बर्ड फ्लु संक्रमण पुष्टि भएको हो।

सोमबार मात्र हिमाचलको काँगडा जिल्लाअन्तर्गतको पोङ ड्याम ताल आरक्ष क्षेत्रमा मरेका अठार सयभन्दा बढी आप्रवासी हाँसमा बर्ड फ्लुको संक्रमण पुष्टि भएको बताइएको छ । संक्रमण पुष्टि भएपछि आरक्ष प्रशासनले पर्यटकहरुसँगै स्थानीयहरुको प्रवेशमा रोक लगाएको छ ।

त्यसैगरी काँगडा जिल्लाका फतेहपुर, देहरा, जवाली, इन्दोरालगायतका क्षेत्रमा कुखुरा, हाँस र तिनको मासु र अण्डालगायतका उत्पादन खरिद बिक्री र निकासी गर्न प्रतिबन्ध लगाइएको छ । राजस्थान, केरल, हरियाणा विभिन्न स्थानमा पनि मृत भेटिएका चराहरुमा पनि वर्ड फ्लु पुष्टि भएको थियो ।

गत साता दिल्ली छेउको हरियाणाको बरवालामै एक लाखभन्दा बढी कुखुरा, हाँसलगायतका पंक्षी बर्ड फ्लुकै कारण मरेको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

भाइरस पुष्टि भएपछि स्थानीय प्रशासनहरुले विभिन्न आदेश जारी गरेका छन् । केरलमा मरेका हाँसहरुमा पनि सोही भाइरसको संक्रमण देखिएको छ । त्यसपछि स्थानीय प्रशासनले कोट्टायम र अलाप्पुझा जिल्लाका प्रभावित क्षेत्रमा एक किलोमिटर भित्रका हाँस, कुखुरा र अन्य घरमा पालिउका पंक्षीहरुलाई मार्न आदेश दिइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् २००६ मा भारतले बर्ड फ्लुका कारण ठूलो क्षति बेहोरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)