शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतको लोकसभा सचिवालयमा सोमबारदेखि काम थालिने


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ८, २०७७
  • 583
    SHARES

नयाँदिल्ली । भारतको लोकसभा सचिवालयले आज सोमबारबाट काम शुरु गर्ने जनाएको छ ।

कोरोनाभाइरसको सङ्क्रमणका कारण गत मार्चको अन्तिम हप्तादेखि काम गर्न नसकेको सचिवालयले  सोमबारदेखि काम गर्ने भएको हो ।

भारतको लोकसभा र राज्यसभा गत मार्च २४ देखि बन्द अवस्थामा रहेका छन् । लोकसभा सचिवालयले जारी गरेको सूचना अनुसार सचिवालयका सहसचिव वा सोेभन्दा माथिका कर्मचारीहरुले सोमबारदेखि कार्यालयमै आएर काम गर्न थाल्ने छन् ।

अन्य कर्मचारीहरु पनि पालोपालो गरेर कार्यालयमा हाजिर भएर काम गर्ने सचिवालयले जानकारी दिएको छ ।

कार्यालयमा काम गर्दा सामाजिक दूरी कायम गर्नु पर्ने लगायतका आधारभूत स्वास्थ्य सतर्कतालाई भने ध्यान दिइने सचिवालयले जनाएको छ ।

कार्यालयका फाइलहरु विद्युतीय माध्यमबाट मात्रै आदानप्रदान गर्ने व्यवस्था पनि गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)