जनावरि ५ अष्ट्रिलिया । । योग शिक्षामा विशिष्ठ स्नातक (Advance Diploma)’ एड्भान्स डीप्लो’मा तह सम्मको अध्यापन गर्न पाउंने गरि नेपालीद्वारा सन्चालित शिक्षालयलाई ईजाजत प्राप्त भएको छ । विश्व योग अलायन्स तथा योग अलायन्स इन्टरनेशनल , अष्ट्रेलियाली ट्रेड फेयरले लामो अध्ययन अनुसन्धान र प्रकृया पुरागरे पश्चात निर्धारित पाठ्यक्रमलाई मान्यता दिंदै सो इजाजत दिएको हो । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (The Global Society for Peace & Spiritual Science-GSPSS)अन्तर्गत “महाशक्ति ह्यापि योग(महा योग कलेज) ” नामको शिक्षालयलाई सो ईजात मिलेको संस्थाले जनाएको छ ।
https://connectonline.asic.gov.au/RegistrySearch/faces/landing/bySearchId.jspx?searchId=645912867&searchIdType=BUSN&_adf.ctrl-state=10bluwbjkd_4 )योग शिक्षाको शोधकार्य अध्यापन र प्रवर्द्दन गर्दै आउनु भएका नेपाली योग गुरु आचार्य राजन शर्मालाई प्रमुख प्राचार्य (Principal-Lead trainer )रहने गरि इजाजत दिईएको सो शिक्षालयले विश्वभरनै आफ्नो शाखा सन्चालन गर्न पाउंने तथा अनलाइन मार्फत सम्पूर्ण तहका कक्षा संचालन गर्न पाउंने भएको छ ।
(https://www.yogaalliance.com.au/directory/listing/gspss/) हाल अष्ट्रेलिया स्थित भिक्टोरिया विश्वविध्यालय अन्तर्गत एजुकेशन सेन्टर अष्ट्रेलिया (ECA)को समेत समन्वयमा अष्ट्रेलियामा सो कक्षाहरु संचालन गर्न समेत र यी निकायहरु विच हालै एक सम्झौंता भएको कलेजका प्रिन्सिपल आचार्य राजन शर्मा (भीमसेन सापकोटा)ले जनाउंनु भएको छ ।
शिक्षालयको हालको भौतिक ठेगाना 10/160 Sussex St, Sydney CBD, NSW 200 रहेको छ । यस अघि विश्व शान्ति अध्यात्म विज्ञान समाजलाई २०० घन्टे आधारभुत योग शिक्षक YTT200hr अध्यापन को मात्र इजाजत थियो । तर अहिले GSPSS RYS 200 FOUNDATION, RYS 250 PLUS LVL-1 , ADV/350 LVL- 2, ADV/500 LVL- 3, ADV/RYS 1500-ADVANCED DIP सम्मको इजाजत प्राप्त भएको GSPSS जनाएको छ ।
विश्वका योग अलायन्सहरुले मान्यता दिएको पाठ्यक्रममा आधारित रहेर विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज(GSPSS)ले अनलाइन मार्फत २०० घन्टे अन्तर्राष्ट्रिय योग शिक्षक प्रशिक्षण नेपालीका लागि नि:शुल्क प्रदान गर्दै आएको छ । नेपालबाट सिक्ने हरुका लागि पूर्ण छात्रव्रित्ती तथा नि:शुल्क शिक्षा प्रदान गरिने र प्रति प्रशिक्ष्यार्थि वापतको विमा र अन्य शुल्क कलेजका प्राचार्य आचार्य राजन शर्माले व्यक्तिगत रुपमा र GSPSS, MAHA Yoga College ले संस्थागत रुपमा व्यहोर्ने जनाईएको छ ।
यो शिक्षामा उत्तिर्ण हुनेहरुलाइ विश्वका कुनै पनि स्थानमा व्यवसायिक रुपमा वा साधना प्रवर्द्दन गराउंन योग प्रशिक्षण गर्ने ईजाजत प्राप्त हुनेछ । योग प्रादुर्भाव भएको भुमि नेपालमा योगको जतिसुकै उच्च शिक्षा हासिल गरे पनि विदेशमा मान्यता नपाउंने विदेशिहरुले बनाएको जटिल प्रावधान यो सँगै तोडिन गएको छ ।विदेशि योग अलायन्सहरुले यस अघि यो कोर्ष मार्फत नेपाल बाट प्रति व्यक्ति एक लाख वा सो भन्दा बढी लिने गरेका थिए ।यस्तै योग प्रशिक्षणको नाममा अन्य छिमेकि देशले समेत नेपालीबाट ठुलो रकम असुल्दै आएकोमा अब नेपालीहरुले नि:शुल्क अध्ययन गर्न पाउंने भए पछि यो सबै नेपालीका लागि खुसी बनेको योग प्रवर्द्दनमा GSPSS साझेदार बन्दै आएको संस्था मानव सेवा आश्रमका प्रमुख राम्जी अधिकारी बताउंनु हुन्छ ।
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज(GSPSS)ले (http://www.gspss.org.au/) सन् 2025 भित्रमा अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त ५ हजार भन्दा बढि योग शिक्षकको जन शक्ति तय गर्दै संयुक्त्त राष्ट्र संघ मार्फत नेपाललाई योग गुरु र गन्तव्य देशघोषणा गर्न लगाउंने महा अभियान अब अर्को चरणमा प्रवेश गरेको संस्थाले जनाएको छ ।
यस अघि विश्व योग अलायन्स र अष्ट्रेलियाली योग अलायन्सले आचार्य राजन शर्मा लाई विश्वकै प्रभावशालि योग गुरुको सूचीमा राखेर “मास्टर योग टिचर “को उपाधि दिएको थियो । जुन उपाधि आज सम्म विश्वका २९ जनालाई मात्र प्रादान गरिएको थियो भने नेपालीलाई प्रदान गरिएको यो प्रथम पटक हो । शर्मा द्वारा सन्चालित योग कक्ष्याले दुई वटा विश्व रेकर्ड कायम गरिसकेको योगा अलाअयन्स अष्ट्रेलियाले आफ्नो वेबसाईटमा उल्लेख गरेको छ ।
( https://www.yogaalliance.com.au/directory/listing/acharya-rajan-sharma-master-yoga-teacher-myt/ ) योग विद्द्यालाई औपचारिक शिक्ष्याको रुपमा भन्दा पनि समाधिमा पुग्ने ब्रम्ह विद्द्याको रुपमा साधना गर्ने गराउंने आफ्नो अभियान रहंदै आएको बताउंनु हुने प्राचार्य योगी राजन शर्मा यो निर्णयले औपचारिक शिक्ष्याको प्रमाणपत्र खोज्ने भौतिक जगतका लागि पनि जवाफ दिएको बताउंनु हुन्छ ।
