आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रको आर्थिक विकासको योजना असफल भएको किमको स्वीकारोत्ती


  • माउन्टेन खबर
  • बुधबार, पुस २२, २०७७
  • 557
    SHARES

२२ पुस ,काठमाडौं। उत्तर कोरियाली नेता किम जोङ उनले सबै क्षेत्रबाट आफ्नो राष्ट्रको आर्थिक विकास गर्ने योजना असफल भएको स्वीकार गर्नुभएको छ।

मंगलबार भएको सत्तारूढ दल वर्कर्स पार्टीको सम्मेलनमा उहाँले आर्थिक योजनाहरू असफल रहेको स्वीकारेको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन्।

किमले पछिल्ला पाँच वर्षलाई राष्ट्रका लागि ‘खराब मध्येकै खराब’ भएको बताउनुभएको हो।

‘हामीले हाम्रो अनुभव, सिकाइ र त्रुटीहरूलाई गहिराइमा विस्तृत विश्लेषण गर्ने सोचेका थियौं,’उहाँले भन्नुभयो।

किमले भन्नुभयो,’अहिलेका बहु-चुनौतीहरूसँग जुध्ने बलियो र छिटो माध्यम भनेको हाम्रो शक्ति र हाम्रो आफ्नै आत्मनिर्भर क्षमतालाई सम्भव बनाउनु हो,’

कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)का अनुसार उक्त भेला पोङयाङमा मंगलबार भएको थियो।

भेलाको पहिलो दिनमा कामको समीक्षा गर्दै पछिल्लो पाँच वर्षको आर्थिक विकास योजना नराम्रोसँग असफल भएको बताएका थिए।v

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)