आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक


  • माउन्टेन खबर
  • बिहिबार, पुस २३, २०७७
  • 876
    SHARES

काठमाडौं,२३ पुस। कलाकार खेम गुरुङको लोकगीत घर त गलकोट सार्वजनिक भएको छ । सानै उमेरदेखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत सहभागी बन्ने गरेका कलाकार गुरुङको पहिलो एल्बम युटुबमार्फत सार्वजनिक भएको हो ।

आफ्नै लय, शब्द र सङ्गीतमा गीत तयार पारेका गुरुङले विदेशमा रहँदा जन्मभूमिको मायामा डुबेर गीत तयार पारेको र अहिले सार्वजनिक गरेको जानकारी दिनुभयो । उहाँका अनुसार गीतको म्युजिक भिडियो पनि जन्म गाउँ गलकोटमै तयार गरिएको छ । बाग्लुङको गलकोट नगरपालिका–९ बास्खोलामा जन्मिएका गुरुङले गीत सङ्गीतमार्फत जन्मभूमिलाई देश विदेशमा चिनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

लोकदोहोरी भनेपछि आफू हुरुक्कै हुने गरेको र विभिन्न समस्याका कारण गीत रेकर्ड गर्न नसकेको बताउँदै उहाँले लामो सङ्घर्ष पछि आफ्ने सपना साकार भएको उल्लेख गर्नुभयो । आर्थिक अभावका कारण विदेशिनु पर्दा लोकदोहोरीको यात्रालाई निरन्तरता दिन नसकेको भन्दै उहाँले आगामी दिनमा निरन्तर लाग्ने बताउनुभयो । गीतको म्युजिक भिडियोमा कलाकार खेम गुरुङ, सिवानी कार्की र विपिन मल्लको अभिनय छ । राजन केसी ‘मोहन’ ले निर्देशन गरेको भिडियोको सम्पादन कलाकार राजन केसीले गर्नुभएको छ । म्युजिक भिडियो कलाकार ईश्वर सिंहको युटुब च्यानल ईश्वर सिंहमार्फत सार्वजनिक भएको जनाइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)