आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वाशिङ्टनमा भएको घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो


  • माउन्टेन खबर
  • बिहिबार, पुस २३, २०७७
  • 475
    SHARES

२३ पुस, काठमाडौं । अमेरिकाको राजधानी सहर वाशिङ्टन डीसीमा भएको हिंसात्मक घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा जो बाइडनको जितको औपचारिकताको लागि बुधबार कंग्रेसको बैठक चलिरहेको समयमा क्यापिटल हल बाहिर ट्रम्पका समर्थकहरुले प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरुले उक्त बैठकमा छिर्ने प्रयास गर्दा सुरक्षाकर्मीहरुले उनीहरुलाई रोक्ने प्रयास गरेपछि प्रदर्शन हिंसात्मक बन्न पुगेको हो ।

जबरजस्ती बैठकमा छिर्न खोज्ने एक महिलाको प्रहरीको गोली लागेर मृत्यु भएको छ । त्यस्तै उक्त हिंसात्मक प्रदर्शनको क्रममा मृत्यु हुने अन्य तीन जनामा दुई पुरुष र एक महिला छन् ।

उक्त घटनामा प्रहरी विभागका १४ जना मानिसहरु घाइते भएका छन् भने दुई जनालाई अस्पताल भर्ना गरिएको छ ।

उक्त घटनाको कारण स्थगित भएको कंग्रेसको बैठक भने सुरु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)